काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ११.८१ अंकले बढेर २६७३.९६ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ८२ वटा स्क्रिप्सको २९ हजार ९३९ कित्ता १ करोड १७ लाख २३ हजार ८१९ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये ५५ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ । बाँकी ८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।