काठमाडौं- भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको आईसीसी पुरुष टी–२० विश्वकपमा यसपटक कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकम तोकिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताको उपाधि जित्ने टोलीले २३ लाख ४० हजार डलर हात पार्नेछ। उपविजेताले ११ लाख ७० हजार डलर पाउनेछ भने सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई समान रूपमा ६ लाख ७५ हजार डलर प्रदान गरिनेछ।
त्यसैगरी पाँचौँदेखि आठौँ स्थानसम्म रहने टोलीले २ लाख ७० हजार डलर प्राप्त गर्नेछन् भने नवौँदेखि १२औँ स्थानमा सीमित हुने टोलीलाई १ लाख १२ हजार ५ सय डलर दिइनेछ।
यसका अतिरिक्त प्रतियोगितामा प्रत्येक खेल जितेबापत ३१ हजार १ सय ५४ डलर पुरस्कार राखिएको छ। सबै सहभागी टोलीका लागि १ लाख १२ हजार ५ सय डलर बेस प्राइज मनीको व्यवस्था गरिएको आईसीसीले जनाएको छ।