काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालय बैठक बोलाएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
उनका अनुसार बैठक दिउँसो ३ बजे सुरु हुनेछ। बैठकमा पार्टी चुनावी तयारी, घोषणापत्र सार्वजनिकलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए।