काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा ६३ राजनीतिक दलबाट तीन हजार १३५ उम्मेदवार कायम रहेको जनाएको छ।
आज पत्रकार सम्मेलन गरेर आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक प्रतिनिधि सभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको समेत बताए।
कायम भएका उम्मेदवार १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका जनाएको छ।