काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । बुधबार नेप्से १.६४ अंकले घटेर २६८१. ५० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२६ कम्पनिका एक करोड ६६ लाख ८२ हजार ६२६ कित्ता शेयर ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, हाइड्रो, लगानी, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज कालिन्चोक दर्शन, सुपरमाई हाइड्रो, सुपर मादी हाइड्रो र अन्खु खोला जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज एचएलआई सुपर क्यापको शेयर सबैभन्दा बढी ५.५४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ८० करोड बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ६० करोड ३० लाख बराबरको कारोबार भएको छ ।