काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी अस्पतालबाट घर फर्किएका छन्।
त्रिवि शिक्षण अस्पतालका अनुसार देब्रे खुट्टामा देखिएको संक्रमणको उपचार सम्पन्न भएपछि बिहीबार उनलाई डिस्चार्ज गरिएको हो। अस्पताल व्यवस्थापनले दिएको जानकारीअनुसार उनको उपचार सेलुलाइटिससम्बन्धी समस्याका लागि गरिएको थियो।
अध्यक्ष लामिछाने माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा खुट्टामा चोट लागेपछि असहजतामा परेका थिए। प्रारम्भिक उपचार तथा औषधि सेवनबाट अपेक्षित सुधार नआएपछि संक्रमण फैलिएको र त्यसपछि माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो।