काठमाडौँ । सरकारले नेपाल प्रहरीका कर्मचारीलाई उपलब्ध गराइँदै आएको रासन सुविधामा वृद्धि गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले रासन स्केल तथा दैनिक भत्तासम्बन्धी व्यवस्था परिमार्जन गर्दै वृद्धि गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सो निर्णय आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन्।
हालका लागि रासन रकम कति बढाइने भन्ने विवरण सार्वजनिक गरिएको छैन। सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा भएपछि संशोधित व्यवस्था लागू हुने सरकारको भनाइ छ।