काठमाडौँ। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ ।
नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा इन्दु बर्मा छन् भने स्कटल्यान्डको कप्तान क्याथरिन ब्राइस छन् ।
आईसीसी महिला टी-२०आई वरियतामा स्कटल्यान्ड ११औं स्थानमा छ भने नेपाल २१औं स्थानमा छ । तुलनात्मक रूपमा बलियो टोली स्कटल्यान्डविरुद्ध खेल्दा नेपाल जित्नैपर्ने दबाबमा हुनेछ ।
नेपाल पहिलो खेलमा थाइल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो ।
नेपालको टोली स् इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, राजमती ऐरी, रोमा थापा, कविता जोशी, सीता राना मगर, काजल श्रेष्ठ, मनिषा उपाध्याय, रचना चौधरी