काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोग पत्र संशोधन गर्ने निर्णय विरुद्ध दायर रिटमा कारण देखाउन आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ।
युवराज सफल, आयुष बडाल र दिनेश त्रिपाठीका तर्फबाट दायर रिटमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले यस्तो आदेश दिएको हो।
महान्यायाधिवक्ताले फिर्ता लिन नमिल्ने मुद्दालाई संशोधनको ढाँचा दिने मात्र नभई व्यवहारमा मुद्दा फिर्ता लिन खोजेको र यसरी गरिएको कार्य अन्तरिम रोक लगाउनुपर्ने अवस्था आएको रिटमा उल्लेख गरिएको छ।