काठमाडौँ । एमालेले झापा-२ मा देवराज घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने भएको छ । पूर्वसभामुख घिमिरेलाई झापा-२ मा उम्मेदवार बनाउने भएको हो ।
यता रास्वपाले झापा-२ मा पूर्वउपसभामुख इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनीहरुबीचको भिडन्त रोचक हुने देखिएको छ ।