काठमाडौँ। पूर्व मन्त्री एवम् जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन् । उनी गएराति एमाले प्रवेश गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादव, ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए । गत भदौ २३ र २४ को जेन जेड युवा आन्दोलनपछि ओलीसँगै सत्याच्युत भएका थिए ।
जेन जेड आन्दोलनपछि यादव अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए । पछिल्लो समय उनी जसपा नेपालका समन्वय समिति सदस्य थिए ।
एमाले प्रवेशसँगै यादव पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने आंकलन गरिएको छ । यसअघि पनि उनी सोही क्षेत्रबाट चुनाव जितेका थिए ।