काठमाडौँ । पूर्व राष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड दिएका छन् ।
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी गाउँपालिका-७ सुइरेचौरमा आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले २०७२ सालको संविधान समावेशी, समानुपातिक, धर्मनिरपेक्षतासहितका विशेषताले उत्कृष्ट संविधान बनेको बताए ।
उनले लोकतन्त्र पुन:स्थापनाका लागि गोविन्द वियोगीले निर्वाह गरेको भूमिकाको सराहना गरे । साथै उनले सम्पादक समाज नेपाली समाजलाई उन्नतिको मार्गमा रूपान्तरण गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए ।
फरक प्रसंगमा मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेको नेपाली काँग्रेस आजको अवस्थामा आइपुग्नु दुःखद भएको टिप्पणी गरेका छन् ।