काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि आज पहिलो बैठक बस्न लागेको हो ।
बैठकमा सबै पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।