काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर (३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ ।
त्यस्तै झापा निर्वाचन झापा-१ का लागि मेचीनगर नगरपालिका कार्यालय, झापा( २ का लागि अर्जुनधारा नगरपालिकाको कार्यालय, झापा-४ का लागि कनकाई नगरपालिकास्थित अतिथि सदन भवन र झापा( ५ का लागि दमकस्थित अर्ग्यानिक कृषि भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेको छ । जुन २०७९ सालको निर्वाचन भन्दा ५० हजार २२६ मतदातामा वृद्धि भएको उनले बताए ।
जिल्ला समन्वय समितिको भवनमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेल र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रूपमा बोर्ड राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।
जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भइसकेकोले आजदेखि नै निर्वाचनका सम्पूर्ण गतिविधिहरू त्यही कार्यालयहरूबाट सञ्चालन हुने प्रमुख न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए ।