काठमाडौँ । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापाको नेतृत्वमा रहेको नेपाली काँग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ।
बैठक बिहान ११ बजे ललितपुरको कुपण्डोलमा बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । गएराति भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई काँग्रेस सभापति चुनेको थियो।