काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत अस्वस्थ भएका छन् । उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन् ।
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी उक्त अस्पताल भर्ना भएका हुन् । उनी ज्वरोबाट पीडित छन्।