काठमाडौँ । नेपाली काँग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा देउवाले अन्तिम निर्णय निकाल्नका लागि बैठक बोलाएका हुन् ।
अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा देउवाले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन् । बैठकमा संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखकसँगै शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजालसहितका नेता छन्।