काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्द सत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमा देउवा सोमबारको बन्द सत्रमा सहभागी हुने भनेर प्रचार भएको भन्दै सचिवालयले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा भृकुटीमण्डपमा आज जाने भन्ने सूचना केही व्यक्तिहरूले सामाजिक सञ्जालमा फैलाएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका छन् ।
‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ, उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ’ उनले भनेका छन् ।