काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको नियमित बैठक जारी छ । बैठक सिंहदरवारस्थित गृह मन्त्रालयमा बसिरहेको छ ।
देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन र सुरक्षा रणनीतिबारे छलफल गर्न बैठक बसेको हो ।
बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसिरहेको छ ।