काठमाडौँ । ‘नेपालवाद’को औपचारिक घोषणा भएको छ । काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गरी राज्य सञ्चालनको दीर्घकालीन दिशाबारे सार्वजनिक संवाद गर्न ‘नेपालवाद’को घोषणा गरिएको हो ।
‘नेपालवाद’ दीर्घकालीन राष्ट्रिय दिशा तथा कार्यान्वयन फ्रेमवर्क हो । यसलाई सार्वजनिक संवादमा ल्याउने उद्देश्यसहित ‘२४ दिन, २४ विषय’ राष्ट्रिय शृङ्खला सुरु गरिएको यसका परिकल्पनाकार खेम शर्माले जानकारी दिएका छन् ।
उनका अनुसार यो शृङ्खलाको २५औँ दिन काठमाडौँमा पहिलो समापन गरिने छ । बाँकी कार्यक्रमहरू त्यसपछि सार्वजनिक हुनेछन् ।
उनले यो वाद भए पनि कुनै राजनीतिक दलको घोषणा, आन्दोलनको आह्वान वा कसैको विरोध-समर्थनको अभियान नभएको स्पष्ट पारेका छन् ।