काठमाडौं । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आएको छ । सरकारले आज १ जनवरी २०२६ को अवसर पारी यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लगायतको उपस्थितिमा अध्यागमन विभागले उक्त प्रणाली सुरुवात गरेको हो ।
यसअघि १ असोजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको अध्यागमन विभागले मुलुकभित्र परिवर्तित घटनाक्रमका कारण १ जनवरीदेखि अनिवार्य गरेको हो । विभागका अनुसार यस्तो प्रणाली दुई चरणमा अनिवार्य गर्न लागिएको छ ।
पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा अनिवार्य लागु गरिएको छ ।