कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ भैरव स्थान सामुदायिक वनमा बुधवार दुई जना मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेमा चामुण्डा बिन्दासैनी नगरपालिका-३ दैलेख निवासी १९ वर्षीया सुनिता भण्डारी र ठाटिकाँध गाउँपालिका-२ दैलेख निवासी १७ वर्षीय सुरेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत श्यामप्रकाश यादवले जानकारी दिए ।
दाउरा काट्न गएका स्थानीयले रुखमा झुन्डिएको देखेर सहिद पार्कस्थित अस्थायी प्रहरी बिट सुर्खेतलाई जानकारी गराएका थिए । प्रहरीले रितपूर्वक घटनास्थल मुचुल्कालगायत प्रारम्भिक कार्य गरी दुवैको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल काला गाउँमा राखिएको छ ।