काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय आकाश भनिने नानीबाबु लामा र दोलखा घर भएका ३४ वर्षीय प्रकाश तामाङ छन् । उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
लागु औषधजन्य औषधी बेचेको भन्दै डर, धम्की देखाएर रकम असुल्ने गरेको आरोप उनीहरूमाथि छ । पक्राउ परेकाहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धानअघि बढाइएको छ ।