ललितपुर । ललितपुरमा जुवा खेलिरहेका ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-१४ ठैब लाखे टोल डेरा गरी बस्ने खोटाङ घर भएकी २९ वर्षीया संगीता कार्कीको कोठामा जुवातास खेलिरहेको अवस्थामा संगीतासमेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३६ हजार ४ सय ७० रुपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ५ थान मोटरसाइकलसमेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।