काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा ११० जना उम्मेदवारको सूची बुझाएको छ।काँग्रेसले हिजो निस्सा लिएर आज बिहान साढे ११ बजे उम्मेदवार सूची आयोगमा बुझाएको हो।
काँग्रेसका १४ पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे समानुपातिकमा बसेका छन्। यसपालि काँग्रेसले केही जेन जेड, ३५ वर्षमुनिका युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार सूची बुझाइएको जनाएको छ।




