काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही दिनदेखि जारी काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागेको हो।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरूले तोकिएको समयमा नै महाधिवेशन हुने गरी व्यावहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिए ।
बैठकपछि काँग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए। पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुंगिन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रित रहेको उनले बताए।