काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा विजयी सुरुवात गरेको छ।
शुक्रबार भएको लिगको पहिलो खेलमा राजशाहीले सेलहेट टाइटन्समाथि ८ विकेटको सानदार जित हात पारेको हो।
राजशाहीको जितमा सन्दीप लामिछानेले दुई विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा ३८ रन दिए।
सेलहेट अन्तराष्ट्रिय क्रिकेट मैदानमा राजशाहीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सेलहेजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको थियो।
जवाफी ब्याटिङ गरेको राजशाहीले१ सय ९१ रनको लक्ष्य २ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो।
राजशाहीका लागि कप्तान नजमुल हौसैन सान्तो १ सय १ र मुसिफिकर रहिम ५१ रनमा अविजित रहे। नजकुलले ६० बलमा १० चौका र ५ छक्का सहयोगमा १ सय १ रनको अविजित पारी खेले।