काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन हाजिर जमानतमा छुटेका छन् ।
इजलासले मागे अनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखाउँदै धरौटीमा छाड्ने निर्णय सरकारी वकिलको कार्यालय, काठमाडौँले गरेको हो ।
सरकारी वकिलको निर्णयपछि शेरचन हिरासतमुक्त भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले १४ मंसिरमा विजुलीबजारस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।