काठमाडौँ । बांङ्लादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।
सन्दीप आबद्ध टिम राजशाही वारियर्सको पहिलो खेलको प्लेइङ–११ मा परेका सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट हात पारेका हुन् । उनले ३८ रन खर्चिए ।
लामिछाने आबद्ध टिम राजशाही वारियर्सले शुक्रबार पहिलो खेल खेलेको हो । टस जितेर वारियर्सले सिलेट टाइटन्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो ।
यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएको हुन्। यसअघि सन्दीपले सिलेट टाइटन्सबाट बीपीएल खेलेका सथए । अहिले खेल जारी छ ।