काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई भेट्न पुगेका छन् ।
ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भट्टराई बालेनलाई भेट्न पुगेका हुन् । भट्टराईको सचिवालयका अनुसार, बालेनले भेट्न खोजेपछि भट्टराई गएका हुन् ।
बालेनले बिहानैदेखि एकपछि अर्को राजनीतिक भेटघाट गरिरहेका छन् । यसअघि उनले रास्वपा सभापति रवि लामिछाने, निवर्तमान सांसद, जेन जेड अगुवा लगायतसँग छलफल गरिसकेका छन् ।