काठमाडौँ । भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार मध्यमले जनाएको छ । दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे भएको हो ।
बेंगलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको बताइएको छ ।
मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जनाएको छ। सो दुर्घटनास्थल बैंग्लोरबाट ४३० किलोमिटर टाढा रहेको छ। प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ। प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ।