काठमाडौँ । दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको मृत्यु भएको हो ।
गए राति दमक नगरपालिका-७ स्थित लालीगुराँस टोलको भित्री सडक खण्डमा बागमती प्रदेश -०२-०१७ प ३३४४ नम्बरको २२० सिसीको पंल्सर मोटरसाइकल अनियन्त्रित भई ढलको नालीभित्र पसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कहिले इलाका प्रहरी कार्यालय दमकले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।