काठमाडौँ । एसिसी यू-१९ एसिया कपको उपाधि भिडन्तमा भारतलाई पाकिस्तानले ३४८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
समीर मिन्हासको शतकको मद्दतमा पाकिस्तानले दुबईमा टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रन बनायो।
सीमरले ११३ बलमा १७ चौका र ९ छक्काको मद्दतमा १७२ रन जोडे। हमेद हुसेनले ७२ बलमा ५६ रन बनाए। बलिङमा भारतका दीपेश देवेन्धरनले ३ विकेट लिए भने हेलिन पटेल र खिलान पटेलले २-२ विकेट लिए।
यसअघि सेमिफाइनलमा भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए।
प्रतियोगितामा नेपालले पनि भाग लिएको थियो। समूह ‘बी’ मा नेपालले बंगलादेश, श्रीलंका र अफगानिस्तानविरूद्धका तीनै खेलमा पराजय भोगेको थियो।