काठमाडौँ । साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.३८ अंकले घटेर २६१४.६४ विन्दुमा अडिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
यो समयमा ५५ वटा स्क्रिप्सको १० हजार ४९१ कित्ता सेयर ९२ लाख ९२ हजार ६१६ रुपैयाँमा खरिदबिक्री भएको छ भने, कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घटेको छ । ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।