काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा अपराजित रहँदै पुगेको एपीएफ क्लब इस्ट बंगालसँग पराजित भएको छ। दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा एपीएफ क्लब भारतको इस्ट बंगालसँग ३–० गोलले पराजित भयो।
सम्पूर्ण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेको एपीएफ क्लब उपाधि जित्ने लक्ष्यमा भए पनि इस्ट बंगालको आक्रामक खेलअगाडि टिक्न सकेन। इस्ट बंगालले खेलको सुरुआतदेखि नै दबाब बनाउँदै तीन गोल गर्दै उपाधि आफ्नो नाममा लेखायो।
यस जितसँगै इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ।