काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने अदालतको आदेश अनुसार रिहा भएका छन् । आज जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरेपश्चात् उनी छुटेका हुन् ।लामिछाने भैरहवाबाट चितवन प्रस्थान गर्ने बताइएको छ ।
चितवनमा भोलि रविले स्थानीय नेता-कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् । उनी भोली साँझ काठमाडौँ फर्किने कार्यक्रम छनाइएको छ ।