काठमाडौँ। नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ ।
शुक्रबार काठमाडौँमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराएका हुन् ।
उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहेको केन्द्रीय सल्लाहकार परिषद् गठन गरिने छ ।