काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले जेन जेड आन्दोलनबाट घाइते, सहिद परिवारका १ हजारलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी भएको बताएका छन्।
गोरखापत्र संस्थानले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग समझदारी गर्न लागिएको बताएका हुन्।
उनका अनुसार सहिद परिवार र घाइतेलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाइनेछ र उनीहरूले सिकेको सीप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ। त्यसका लागि प्रभावकारी कदम सरकारले चाल्ने उनले बताए।
श्रम मन्त्री भण्डारीले भने, ‘ जेनजी आन्दोलनबाट घाइते, सहिद परिवारका १ हजारलाई निःशुल्कमा वैदेशिक रोजगारीमा पठाउन खोज्दै छौँ। उनीहरूले सिकेको सिप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ।’
भण्डारीले केही गर्न खोज्नेलाई मुलुकमा प्रताडित गराउन खोजिएको बताउँदै त्यस्तो गतिविधिहरू रोकिनुपर्ने समेत बताएका छन्।