काठमाडौँ। संस्थापन पक्षको केन्द्रीय सदस्यको लिष्टमा परेका लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँमा जारी एमालेको ११ औँ महाधिवेशनमा लालबाबुले सचिव पदमा उम्मेदवारी दर्ता गराएको बताए । यस अघि उनी नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख भएका थिए ।
दशौँ महाधिवेशनमा पनि पदाधिकारीको आकांक्षी पण्डित लिष्टमा नपरेपछि रिसाउँदै फर्किएका थिए ।
उनले कुन प्यानलबाट उम्मेदवारी भन्ने विषयमा भने उनले खुलाएनन् । उनले भने, ‘अहिले त्यस्तो कुरा नगरौँ । मैले सचिव पदमा उम्मेदवारी दिएको छु ।’