काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका-९ कुडुलेमा गए राति विद्युत् सर्ट भएर आगलागी हुँदा करिब रु. पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय प्रकाश थिङको घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भई अचानक आगो लाग्दा घरभित्र रहेको भाँडा वर्तन, अन्नपात, लत्ताकपडा, फर्निचरका सम्पूर्ण सामान जलेको प्रहरी प्रवक्ता बोगटीले जानकारी दिए ।
आगलागीबाट मानवीय क्षति नभएको र प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।