काठमाडौँ । जेन जेड आन्दोलनमा क्षतिग्रस्त भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण गरिएको छ ।
भवन पुनर्निर्माण पश्चात् प्रहरी प्रमुख तथा आइजिपी दानबहादुर कार्कीले उद्घाटन गरेका छन् । गत २३ र २४ भदौमा यो कार्यालय क्षतिग्रस्त बनेको थियो । घटनाको तीन महिनापछि पुनर्निर्माण सम्पन्न गरिएको हो ।
भवन उद्घाटन कार्यक्रममा आइजिपी कार्कीसँगै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीलगायतको उपस्थिति थियो ।