काठमाडौँ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सारेका छन् ।
उनले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने र आवश्यक परे अझ थपेर जाऔँ भन्दै विधान संशोधनको प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा नेताहरूले अहिले आफ्नो धारण राखिरहेका छन् ।