बेलबारी (मोरङ) । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीया भवकृष्ण घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए । आज बिहान करिव ६:३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो ।