सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजविरूद्ध लुम्बिनी लायन्सले उत्कृष्ट बलिङ गरेको छ।
जसका कारण टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.१ ओभरमा १११ रनमा अलआउट हुँदा लुम्बिनीले ११२ रनको लक्ष्य पाएको छ।
काठमान्डुको सुरूवाती ब्याटिङ लाइनअप कोल्याप्स्ड पारेको लुम्बिनीले पावरप्लेभित्र चार विकेट लिएको थियो।
काठमान्डुका शीर्ष चार ब्याटर दोहोरो अंक जोड्न नपाइ आउट हुँदा टोली संकटमा पारेको थियो। पिचमा बल टर्न भइरहदा ब्याटरले संघर्ष गरेका थिए।
दोस्रो ओभरको पहिलो काठमान्डुका ओपनिङ ब्याटर आकाश त्रिपाठीलाई (१ रन) लुम्बिनीका शेर मल्लले कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए।
तेस्रो ओभरको पहिलो बलमा काठमान्डुले अर्को विकेट गुमायो। सनी पटेल (७ रन) लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानको एलबिडब्लूको सिकार बने। चौथो ओभरको पाँचौ बलमा भारतीय मूलका अमेरिका ब्याटिङ अलराउन्डर मिलिन्द कुमार (२ रन) लाई शेर मल्लले बोल्ड गर्दै व्यक्तिगत दोस्रो विकेट लिए।
पाँचौ ओपनर बेन चार्ल्सवर्थ (४ रन) पनि पेभिलियन फर्किए। उनी विकेट पछाडि निशोसन डिक्वेलाबाट समातिदा ट्रम्पलम्याचले दोस्रो विकेट तथा टोलीका लागि चौथो सफलता दिलाए।
लगातार विकेट लिएको लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले दशौं ओभरमा दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी भयो। रोहितले पहिलो बलमा भीम सार्कीलाई दिलिप नाथबाट क्याच गराए। सार्कीले १४ रन जोड्ने क्रममा १६ बलमा १ छक्का प्रहार गरे। उनले जोन सिमसनसँग पाँचौ विकेटका लागि ३६ रनको साझेदारी गरे। पाँचौ बलमा सिमसन पनि एलबिडब्लूको धरापमा परे। सिमसनले १७ बलमा १८ रन जोड्ने क्रममा १ चौका र १ छक्का प्रहार गर्न सफल भए। त्यतिबेला काठमान्डुले ९.५ ओभरमा ६ विकेटको क्षतिमा ५१ रन मात्र जोडेको थियो।
दुई ओभरको बीचमा थप एक रन जोड्दा काठमान्डुले आफ्नो सातौ विकेट गुमायो। रशिद खानलाई कप्तान रोहितले २ रनमा जेजे स्मिटबाट क्याच गराएका थिए।
कप्तान करण केसी १४ बलमा ९ रन जोडेर आउट हुन पुगे। अन्तिम ओभरमा सन्तोष यादव २३ रनमा रनआउट भए। काठमान्डुका लागि सर्वाधिक रन जोडेका यादवले १७ बल खेलेर १ छक्का प्रहार गर्न सके।
बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले ३-३ विकेट लिए। मल्लले ४ ओभरमा २२ रन दिए भने रोहितले २५ रन खर्चिए। यस्तै ट्रम्पलम्यानले २ विकेट लिए। उनले ३.१ ओभरमा १ मेडन राख्दा १० रन मात्र दिए।
आजको खेलमा काठमान्डुले कुनै परिवर्तन गरेको छैन। लिगको अन्तिम खेल खेलेको टोलीलाई नै काठमान्डुले मैदान उतारेको छ। यता लुम्बिनीमा एक परिवर्तन गर्यो। सुमित महर्जनको स्थानमा दिनेश अधिकारीलाई मौका दिइएको छ।