युनिभर्सिटी अफ ईस्ट लन्डनमा एमए इन्टरनेसनल फेसन बिजनेश अध्ययनरत विद्यार्थी उमंग राउतले ‘ब्रिटिश फेसन अवार्ड्स २०२५, प्रेजेन्टेड बाई पन्डोरा’ (British Fashion Awards 2025, presented by Pandora) मा आफ्नो सशक्त उपस्थिति जनाएका छन्।
उमंग राउतले विशेष गरी Gen Z युवाहरूको प्रतिनिधित्व गर्दै र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आफ्नो कलात्मक डिजाइन प्रस्तुत गरेका छन्। उनले आफ्नो ज्याकेटमा नेपालको Gen Z आन्दोलनको क्रममा गोली लागेर गम्भीर घाइते भएका, तर हाल स्वास्थ्यलाभ गरिरहेका प्रकाश बोहराको प्रतिष्ठित जुत्ता (Genz iconic shoe of Prakash Bohora) को आकृति सिएर (stitching) उनलाई सम्मान व्यक्त गरेका छन्।
हजारौं दर्शक तथा अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूको माझमा उनले Gen Z को आवाजलाई फेसनमार्फत उजागर गर्दै नेपालको प्रतिनिधित्व गरेका छन्।