काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पाँचौँ खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोजले पहिलो ओभरमै विकेट गुमाएको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले पहिलो ओभरको दोस्रो बलमै डेविड मलानलाई गुमाएको हो । इङ्गल्यान्डको राष्ट्रिय टिमबाट समेत खेलिसकेका मलान ‘गोल्डेन डक’ भए । उनलाई लुम्बिनीका रुबेन ट्रम्पेलमनले बोल्ड गरे ।
जारी खेलको दुई ओभर समाप्त हुँदा चितवनले एक विकेट गुमाएर ११ रन बनाएको छ ।
प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा लुम्बिनीको भने यो पहिलो खेल हो ।