काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२०आई अलराउण्डर वरियतामा सातौँ स्थानमा झरेका छन् । आइसिसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र सातौँमा झरेका हुन् ।
नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्र खस्किएका हुन् । यद्यपि दीपेन्द्रको रेटिङ अंक भने यथावत् छ । उनको २०२ अंक रेटिङ छ ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज र चौथोमा अफगानिस्तानका मोहम्मद नावी यथावत् छन् ।
वेस्ट इन्डिजका रोमारियो शेपहर्ड पाँचौँमा उक्लँदा भारतका हार्दिक पान्ड्या छैटौँमा झरेका छन् । कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औँ स्थानमा यथावत् छन् ।