काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेको हो ।
बैठकमा महाधिवेशनसँग सम्बन्धित तयारीका विषयमा छलफल हुने जनाइएको छ ।
एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुँदैछ। मंसिर १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट पनि गर्दैछ।