काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । विघटित प्रतिनिधि सभाका सांसदहरूसहित दलको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ ।
नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुन:स्थापनाका लागि अदालत जाने निर्णय गरेको छ । अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा छन् ।
यसै सन्दर्भसहित देशका पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।