काठमाडौँ । ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि सानदार जित निकालेको छ ।
भारत र श्रीलंकामा मंगलबारबाट सुरु भएको ब्लाइण्ड विश्वकपमा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ९ विकेटले पराजित गर्यो । श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा एक विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गरिन् । उनले २२ बलमा अविजित ६१ रन बनाइन् ।
विनीता पुनले १३ रन बनाउँदा सुस्मा तामाङ ४ रनमा अविजित रहिन् । बलिङमा सन्दया निलन्थीले एक विकेट लिइन् । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
श्रीलंकाकी मिहिरानी डुलान्जलीले सर्वाधिक २३ रन बनाइन् । बलिङमा नेपालकी कान्ती योगीले ३, विनीता पुन र लक्ष्मी लामाले एक-एक विकेट लिए । पहिलो पटक भएको ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालसहित ६ देश सहभागी भएका छन् ।